Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपाका सांसदको घरदैलो कार्यक्रम आजबाट, सभापति लामिछाने चितवनमा

काठमाडौं । आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले घरदैलो कार्यक्रम गर्ने भएको छ ।

निर्वाचन भएको एक वर्ष पुगेको अवसरमा आजदेखि तीन दिने घरदैलो कार्यक्रम गर्न लागेको हो । सभापति रवि लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, 'निर्वाचनको एक वर्ष पूरा भएको अवसरमा रास्वपा आभार व्यक्त गर्न फेरि तपाईंको घरदैलोमा आउँदै छ। निर्धक्कका साथ सल्लाह र सुझाव दिएर हामीलाई निरन्तर खवरदारी र मार्गनिर्देशन गर्नुहुन अनुरोध गर्दछौं ।'

घरदैलो कार्यक्रमका क्रममा सांसदहरुले जनताका सुझाव र गुनासा सुन्ने छन् । प्रत्यक्ष निर्वाचनतर्फका उम्मेदवार आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो गर्नेछन् ।

समानुपातिक तर्फका आफ्नो जिल्ला केन्द्रित भएर कार्यक्रम तय गर्ने बताइएको छ । यस्तै सभापति लामिछाने घरदैलो कार्यक्रमअन्तर्गत शुक्रबार नै आफ्नो निर्वाचन क्षेत्र चितवन २ मा पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077