Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रदेश र स्थानीय तहलाई अधिकारसहित बलियो बनाउने प्रधानमन्त्रीको दाबी

    प्रदेश र स्थानीय तहलाई अधिकारसहित बलियो बनाउने प्रधानमन्त्रीको दाबी

    अनलाइन नेपाल
  • शुक्रबार, १ मंसिर २०८०
  • 540
    SHARES

    तनहुँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय तहलाई अधिकारसहित बलियो बनाउने बताएका छन् ।

    तनहुँको आँबुखैरेनी गाउँपालिकामा निर्माण भएको आँबुखैरेनी अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले प्रदेश सरकारका लागि आवश्यक प्रमुख प्रहरी समायोजन ऐन, निजामती ऐन र संघीय शिक्षा ऐन छिट्टै पारित गरेर कार्यान्वयनमा आउने दाबी गरे ।



    यी तीन वटा ऐनमात्रै टुंगिएर प्रदेश सरकार शक्तिशाली हुनेबित्तिकै जनताले प्रत्यक्ष रुपले सिंहदरबार हाम्रो घरदैलोमा आएकै छ भन्ने थाहा पाउने उनको भनाई छ ।

    प्रधानमन्त्री प्रचण्डले जबसम्म प्रदेश सरकार हो भन्ने अनुभूति जनतालाई दिलाउन सकिँदैन, तबसम्म प्रदेशको महत्व के हो भन्ने कुरा विश्वास दिलाउन पनि गाह्रो हुने बताए ।

    प्रधानमन्त्री प्रचण्डले भने,‘प्रहरी समायोजन ऐन त बनिसकेको छ । खाली कार्यान्वयनको कुरामात्रै हो । गएको ३/४ दिन लगातार प्रहरी, गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालयमा लगातार छलफलमा छु।लाठी नभइकन सरकार हुँदैन । जोसँग सेना छैन, पुलिस छैन, उसले ल एन्ड अर्डर मेन्टेन कसरी गर्छ ? लाठी हुने छ।’

    केही दिनभित्रै प्रहरी समायोजन ऐन कार्यान्वयनमा आउने र प्रदेशसँग लाठी हुने प्रचण्डले दाबी गरे । दोस्रो, सरकार हुनका निम्ति नभइ नहुने कुरा कर्मचारी नै भएकाले संघीय निमामती ऐन छिट्टै पारित हुने प्रचण्डले बताए ।

    गठबन्धनभित्र सहमति गराउने कुरा आफैंमा चुनौतिपूर्ण रहेको भन्दै प्रचण्डले धेरै मिहिनेत गरेर संघीय निजामती ऐन बनाइएको जिकीर गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार