Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – एक महिना जाँदैन भन्थे, ११ महिना प्रधानमन्त्री भइसकेँ

    प्रधानमन्त्री प्रचण्डले भने – एक महिना जाँदैन भन्थे, ११ महिना प्रधानमन्त्री भइसकेँ

    अनलाइन नेपाल
  • शुक्रबार, १ मंसिर २०८०
  • 720
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सत्ता गठबन्धन पाँचै वर्ष जाने बताएका छन् ।

    तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पतालको समुद्‌घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले गठबन्धनको एकता धेरै बलियो भएको बताए।



    प्रधानमन्त्री प्रचण्डले भने,‘यो गठबन्धन पाँचै वर्ष जान्छ । कसैले हल्लाएर हल्लिँदैन । मान्छेले हल्ला गरेजस्तो गठबन्धन कमजोर छैन । गठबन्धनभित्रको युनिटी धेरै बलियो छ । मैले प्रधानमन्त्री बन्दा पनि यही भनेको थिएँ । भारतमा अटल बिहारी बाजपेयी सबैभन्दा कम १३ दिन प्रधानमन्त्री भएका रहेछन् । कोही कोही १५ दिन पनि भएका छन् । साथीहरूले एक महिना भन्दा धेर जाँदैन भन्थे । तर मैले एक महिना भए पनि राम्रो काम गर्छु भनेको थिए । गर्दै गइयो ११ महिना भइसक्यो अझै बाँचिएकै छ । अझै सुशासनको पक्षमा काम गर्छु ।’

    आफूलाई एक महिना पनि जाँदैन भन्नेहरू रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले राम्रो काम गर्दा ११ महिनासम्म सहजै आएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार