Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • सामन्तीहरुलाई जनताले अधिकार पाएको पचेको छैन : प्रधानमन्त्री प्रचण्ड

    सामन्तीहरुलाई जनताले अधिकार पाएको पचेको छैन : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, १ मंसिर २०८०
  • 528
    SHARES

    तनहुँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानबाट प्राप्त अधिकार उल्टाउने कोसिस भएको बताएका छन् ।

    शुक्रबार दिउँसो तनहुँको आबुखैरनीमा आय‍ोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले नेपाली जनताले निकै ठूलो संघर्ष र बलिदान गरेका कारण देशमा उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्गले अधिकार पाएको दाबी गरे ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘बिहानमात्रै मैले सुरक्षा निकायका प्रमुखहरूसँग कुरा गरेको थिएँ । देशको सुरक्षा अवस्था सामान्य छ । १२ बुँदे समझदारीका पक्षधर शक्ति परिवर्तनको रक्षाका निम्ति एकैठाउँ छौं । त्यसैले प्रतिगामी दुस्साहसलाई दृढताका साथ परास्त गर्छौं ।’

    उनले माओवादी नेतृत्वको सरकारले देश र जनताका पक्षमा महत्त्वपूर्ण कामहरू गरेको जिकिर गरे । केही सामन्ती तत्वलाई जनताले अधिकार पाएको कुरा नपचेको दाबी गरे ।

    प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारका फाइलहरू खोल्ने काम नराकिने दाबी गरे । सरकारले राम्रो काम गरेका कारण प्रतिगामीहरू आत्तिएको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

    आफू प्रधानमन्त्री भएको बेला अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकोमा अहिले सुधार आएको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार