Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपाका सांसदहरू प्रतिबद्धता सम्झँदै घरदैलोमा जाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू प्रतिबद्धता सम्झँदै मतदाताको घरघर जाने भएका छन्।

रास्वपाका सांसद तथा प्रतिनिधि सभाका उम्मेदवारहरू प्रतिबद्धता सम्झँदै शनिबारदेखि सोमबारसम्म जनआवाज सुन्न घरघर जान लागेका हुन् ।

रास्वपाका सांसदहरूले आम मतदाताको घरदैलोमा गएर सुझावहरू संकलन गर्ने छन् । रास्वपाका प्रत्यक्ष निवाचित ७ सांसदसहित उम्मेदवारहरू १३१ जना र समानुपातिकतर्फ निर्वाचित १३ सहित १०७ जना उम्मेदवारहरू घरदैलोमा जान लागेको रास्वपाले जनाएको छ ।

यसका लागि केन्द्रीय समिति, प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा तहका कमिटीहरू परिचालन गरिने छ।

रास्वपाले प्रतिनिधि सभा निर्वाचनको एक वर्ष पूरा भएको सन्दर्भमा घरदैलो गर्न लागेको हो।

कात्तिक २४ गते बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले घरदैलो गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077