काठमाडौं । जाजरकोट भूकम्प प्रभावितहरू क्षेत्रको पुनर्निर्माणका लागि नेकपा एमालेले आजदेखि एक हजार जना स्वयंसेवक परिचालन गर्दैछ ।
केही दिनअघि बसेको पार्टी सचिवालयको बैठकले मंसिर १ गतेदेखि जाजरकोट भूकम्पको पुनर्निर्माणका एक करोड बराबरको श्रमदान हुने गरी एक हजार स्वयम्सेवक परिचालन गर्ने निर्णय गरेको थियो ।
एमालेले २३ वटा जनसंगठनबाट ४ सय, प्रदेश सम्पर्क कमिटीबाट एक सय, लुम्बिनी प्रदेशबाट २५०, कर्णाली १५०, कोशी र मधेश प्रदेशबाट २५/२५, गण्डकी, बाग्मती र सुदूरपश्चिम प्रदेशबाट ५०/५० र उपत्यका प्रदेशबाट २५ जना गरी एक हजार स्वयंसेवक परिचालन गर्नेछ ।
अस्थायी घरटहरा निर्माण गर्न एमाले पोलिटब्युरो सदस्य विनोद श्रेष्ठ नेतृत्वको एक सय सदस्यीय केन्द्रीय फोर्स प्रभावित क्षेत्र पुगिसकेको बताइएको छ ।
पार्टी केन्द्रको निर्णयअनुसार भग्नावशेष हटाउन, अवरूद्ध बाटो पन्छाउन, शौचालय बनाउन, खुला आकाशमुनि बसेकाहरुका लागि अस्थायी टहरा निर्माण गर्ने कामका लागि जाजरकोट पुगेको स्वयंसेवक टिम आजबाट परिचालित हुने एमालेले जनाएको छ ।
Leave a Reply