Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • नेपाल लगातार दोस्रो खेलमा हङकङसँग ९ विकेटले पराजित

    नेपाल लगातार दोस्रो खेलमा हङकङसँग ९ विकेटले पराजित

    अनलाइन नेपाल
  • बिहिबार, ३० कार्तिक २०८०
  • 831
    SHARES

    काठमाडौं । महिला टी –२० सिरिजअन्तर्गत नेपाल लगातार दुई खेलमा पराजित भएको छ ।

    बिहीबार दोस्रो खेलमा नेपाल हङकङसँग ९ विकेटले पराजित भएको हो ।नेपालले दिएको ५७ रनको लक्ष्य हङकङले ९ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको छ ।



    हङकङका लागि नतासा मिल्सले १९ बलमा ४ चौकासहित २७ रन बनाइन् । उनी रनआउट भएकी थिइन् । त्यस्तै शान्जीन शहजादले २२ रन बनाइन् ।



    त्यसअघि हङकङ क्रिकेट क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभरमा सबै विकेट गुमाउँदै मात्र ५६ रन बनाएको थियो । नेपालका लागि रुबिना क्षेत्रीले २५ ओभर बनाउनुबाहेक अरु कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    पहिलो विकेट ४ रनमा गुमाएको नेपालले थप ३ विकेट १ रन बनाउँदा गुमायो । ५ रन बनाउँदा नेपालले ४ विकेट गुमाइसकेको थियो । नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो ।

    तान्जानियाले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । नेपालले सबै विकेट गुमाउँदै मात्र ८८ रन बनाउन सक्यो ।

    हङकङमा जारी सिरिजमा आयोजक हङङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् । आईसीसी वरीयतामा तान्जानिया १९औँ स्थानमा छ भने नेपाल २१औँ स्थानमा छ ।

    यस्तै वरीयतामा हङकङ २२औँ तथा जापान ५१औँ स्थानमा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेल आगामी मङ्सिर २ गते जापानसित खेल्ने छ । शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार