Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • हङकङविरूद्ध नेपालको खराब सुरूवात, गुम्यो ४ विकेट

    हङकङविरूद्ध नेपालको खराब सुरूवात, गुम्यो ४ विकेट

    अनलाइन नेपाल
  • बिहिबार, ३० कार्तिक २०८०
  • 930
    SHARES

    काठमाडौं । महिला टी-२० सिरिजअन्तर्गत हङकङविरूद्ध नेपालले खराब सुरूवात गरेको छ।

    हङकङ क्रिकेट क्लवको मैदानमा टस जितेर कप्तान इन्दु बर्माले पहिले ब्याटिङ गर्ने निर्णय गरेकी थिइन्।



    नेपालले तेस्रो ओभरसम्म ४ विकेट गुमाएको हो । दोस्रो ओभरको चौथो बलमा ओपनर पुजा महतो ४ रन बनाएर आउट भइन्। पुजाको विकेटपछि आएकी सम्झना खड्का तेस्रो ओभरको तेस्रो बलमा आउट भइन्।



    लगत्तै काजल श्रेष्ठ चौथो बलमा र कप्तान इन्दु बर्मा पाचौं बलमा आउट भइन्। तीनैजनालाई हङकङकी इक्रा सहरले आउट गरेकी हुन्। कप्तान इन्दु बर्माको विकेटपछि बिन्दु रावल र सीता रानामगर ब्याटिङमा छन्।

    नेपालले ४ ओभरमा १४ रन बनाएर खेलिरहेको छ। बुधबार तान्जानिया विरूद्धको खेलमा सीताले ४३ रन बनाएकी थिइन्। हङकङ, तान्जानिया, जापान र नेपाल सम्मिलित महिला टी-२० सिरिजमा बुधबार तान्जानियासँगको पहिलो खेलमा नेपाल २७ रनले पराजित भएको थियो।

    सिरिजको शीर्ष दुईमा अटाउन नेपालले आजको खेल जित्नुपर्ने दवाब छ। नेपालले लिगको अन्तिम खेल जापानसँग मंसिर २ गेत खेल्नेछ। शीर्ष २ मा रहनेले उपाधिका लागि खेल्नेछ भने बाँकी २ टिमले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार