Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • बाबर आजमले छाडे पाकिस्तान क्रिकेट टिमको कप्तानी

    बाबर आजमले छाडे पाकिस्तान क्रिकेट टिमको कप्तानी

    अनलाइन नेपाल
  • बुधबार, २९ कार्तिक २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । पाकिस्तान क्रिकेट टिमको कप्तानबाट बाबर आजमले राजीनामा दिएका छन्।

    बुधबार आजामले सामाजिक सञ्जालमार्फत् आफूले पाकिस्तानको टेस्ट, एकदिवसीय र टी-२० टिमको कप्तान पद त्यागेको घोषणा गरेका हुन्।



    भारतमा जारी एकदिवसीय विश्वकपमा पाकिस्तानको खराब प्रदर्शन पछि आजमको आलोचना भएको थियो।



    कतिपय आलोचकले उनको राजीनामा समेत मागेका थिए। भारतमा भइरहेको विश्वकपमा पाकिस्तानले लिग चरणका नौ खेलमध्ये पाँचमा हार बेहोरेको थियो ।यसक्रममा टिम सेमिफाइनल प्रवेश गर्न पनि असफल रह्यो ।

    व्यक्तिगत रूपमा ब्याटबाट उनको प्रदर्शन पनि राम्रो रहेन् । उनले नौ खेलमा ३ सय २० रन मात्रै बनाए । त्यसैले बाबरमाथि कप्तानी छाड्ने चर्को दबाब रहेको थियो ।

    प्रतियोगिता अगाडि वान डे वरीयताको ब्याटरमा नम्बर १ रहेको बाबरले बीचमा यसलाई पनि गुमाएका थिए । उनको अनुपस्थितिमा टिमका उपकप्तान रहेका सदाब खान अथवा साहीन अफ्रिदी नयाँ कप्तान कप्तानका लागि बलिया प्रत्याशी रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार