Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • भारतले न्युजिल्यान्डलाई दियो ३९८ रनको विशाल लक्ष्य

    भारतले न्युजिल्यान्डलाई दियो ३९८ रनको विशाल लक्ष्य

    अनलाइन नेपाल
  • बुधबार, २९ कार्तिक २०८०
  • 975
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको बुधवार खेलिएको सेमिफाइनल खेलमा आयोजक राष्ट्र भारतले न्युजिल्यान्डलाई जितका लागि तीन सय ९८ रनको लक्ष्य दिएको छ ।

    टस जिती पहिले ब्याटिङको निर्णय लिएको भारतले निर्धारित ओभरमा चार विकेट गुमाएर तीन सय ९७ रन बनाएको हो । मुम्बइस्थित वानखेड स्टेडियममा खेलिएको उक्त खेलमा भारतका लागि प्रभावशाली ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी शतक बनाए ।



    उनले टोलीका लागि एक सय १७ रनको योगदान गरे । यस क्रममा उनले एक सय १३ बलको सामना गरी दुई छक्का र नौ चौका पनि हिर्काएका थिए । त्यसअघि विराटले आफ्नै राष्ट्रका महान् खेलाडी सचिन तेन्दुल्करको कीर्तिमान तोडेका थिए ।



    विराटले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सचिनले प्रहार गरेको शतक सङ्ख्यालाई उछिनेका हुन् । न्युजिल्यान्डविरुद्धको खेलमा शतक बनाएसँगै एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विराटको शतक सङ्ख्या ५० पुगेको छ ।

    विराटले दुई सय ९१ एक दिवसीय खेलको दुई सय ७९ पालीमा ५० शतकका अतिरिक्त ७१ वटा अर्धसतक पनि बनाएका छन् । विराटले न्युजिल्यान्डविरुद्धको खेलमा एक सय ६ बलको सामना गरी एक छक्का र आठ चौकाको मद्दतले शतक बनाएका थिए ।

    उनले खेलको ४१.४ ओभरमा न्युजिल्यान्डका बलर लोकी फर्गुसनको बलमा दुई रन लिँदै शतक पुरा गरेका थिए । विराटले १० दिनअघि मात्र ३५औँ वर्षमा पाइला टेकेकै दिन अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा सचिनको कीर्तिमानसँग बराबरी गरेका थिए । विराटले हालसम्म टेस्ट क्रिकेटमा पनि २९ वटा शतक प्रहार गरिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार