काठमाडौँ । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित टी—२० क्रिकेट शृंखलामा बुधबार तान्जिनियाले नेपालविरुद्ध टस जिती पहिले ब्याटिङ गरिरहेको छ । उक्त शृंखलाको यो पहिलो खेल हो ।
शृंखलामा नेपाल, तान्जिनिया र हङ्कङका अतिरिक्त चौथो टोलीका रुपमा जापान सहभागी छ ।
नेपालले नयाँ कप्तान इन्दू बर्माको नेतृत्वमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो ।
नेपाल क्रिकेट संघ (क्यान०) यही शृंखलाका लागि राष्ट्रिय टोलीको कप्तानमा इन्दूलाई नियुक्त गरेको हो । क्यानले इन्दूको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको थियो ।
Leave a Reply