हेटौँडा । काभ्रेको चौंरीदेउरालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
चौंरीदेउराली गाउँपालिका वडा नम्बर–६, स्थित बोक्सेमा मोटरसाइकल दुर्घटना हुँदा ४५ वर्षीया गोमा चौलागाईंको मृत्यु भएको छ भने ४८ वर्षीय दिल्लीप्रसाद चौलागाईं घाइते भएका हुन् । दिल्लीप्रसाद मोटरसाइकल चालक हुन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सोमबार साँझ ४ बजेको समयमा चौंरीदेउराली गाउँपालिका वडा नम्बर–६ स्थित लोक मार्गअन्तर्गतको सडक खण्डमा बोक्सेबाट रामेछापतर्फ जाँदै गरेको बा ३४ प ८४५२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो ।
मोटरसाइकल पल्टिएर सडकबाट ८० मिटर तल पाखामा खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका दिल्लीको कात्तिके देउरालीमा रहेको धुलिखेल अस्पतालको आउटरिच सेन्टर (स्वास्थ्य केन्द्र) मा उपचार भइरहेको छ ।
Leave a Reply