Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गठबन्धन सरकार निरंकुशताको बाटो हिँड्यो : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध निरंकुशताको बाटो भएको बताएका छन् ।

अध्यक्ष लिङ्देनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै प्रजातन्त्र, मानवाधिकार र अभिव्यक्ति स्वतन्त्रताको ठूलठूला घ्वाँस दिनेहरुबाट टिकटकमाथिको प्रतिबन्ध हुनु अनुचित भएको टिप्पणी गरेका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले टिकटकलाई बन्द गर्ने निर्णय गरेको थियो। उक्त निर्णयमाथि टिप्पणी गर्दै लिङ्देनले यो अनुचित र अनुपयुक्त भएको बताए ।

उनले लेखेका छन्,‘प्रजातन्त्र, मानवाधिकार र अभिव्यक्ति स्वतन्त्रताको ठूलठूला घ्वाँस दिनेहरूबाट टिकटक माथिको प्रतिबन्ध अनुचित र अनुपयुक्त छ। यो निर्णय निरंकुशताको बाटो हो ।कुनैपनि प्रकारका सामाजिक सञ्जालबाट हुनसक्ने विकृतिको नियमन र नियन्त्रण आवश्यक छ। तर त्यही नाममा प्रतिबन्ध स्वीकार गरिन्न।’

उनले अविलम्ब यो निर्णय फिर्ता लिनुपर्ने पनि बताए। यस्तै टिकटकमाथि प्रतिबन्ध लगाएसँगै अन्य सामाजिक सञ्जालमाथि पनि प्रतिबन्ध लगाउन सक्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077