Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • रूकुममा राहत सामग्री जलाउने दुई जना पक्राउ

    रूकुममा राहत सामग्री जलाउने दुई जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २७ कार्तिक २०८०
  • 1.7K
    SHARES

    संकेतिक तस्विर

    रूकुम। रूकुम पश्चिममा राहत सामग्री जलाउने दुई जना पक्राउ परेका छन्।

    सानीभेरी गाउँपालिका–२ का ३६ वर्षीय गोपाल बुढा र २५ वर्षीय खिमबहादुर पुनलाई पक्राउ गरिएको हो।



    उनीहरूले आइतबार बेलुका साढे पाँच बजेतिर भूकम्प पीडितका लागि वितरित राहत सामग्री जलाएका थिए।



    राहत सामग्रीप्रति असन्तुष्टि जनाउँदै उनीहरुले पेट्रोल छर्किएर कम्बलहरू जलाएका थिए।

    आरोपितलाई जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमको प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

    पक्राउ परेका व्यक्तिहरूमाथि सोधपुछ तथा अनुसन्धान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार