Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • बर्दिया राष्ट्रिय निकुञ्जबाट पाटेबाघको उद्धार

    बर्दिया राष्ट्रिय निकुञ्जबाट पाटेबाघको उद्धार

    अनलाइन नेपाल
  • आइतबार, २६ कार्तिक २०८०
  • 771
    SHARES

    फाइल फोटो

    बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट पाटेबाघ नियन्त्रणमा लिइएको छ । बिरामी अवस्थामा रहेको पोथी पाटेबाघ रेखदेखलगायत उपचारको लागि उद्धार गरिएको हो ।

    घिस्रिदै हिँड्दै गरेको पोथी पाटेबाघलाई डार्टमार्फत लठ्याएर नियन्त्रणमा लिइएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।



    १३/१४ वर्ष उमेर पुगेको पोथी पाटेबाघ सन् २०१३ को बाघ गणनाका क्रममा अटोमेटिक क्यामेरामा परेवा ओडारमा तस्बिर कैद भएको थियो ।



    गम्भीर बिरामी अवस्थामा भेटिएको परेवा ओडार पोथी नाम दिइएको उक्त पाटेबाघलाई उचित राख्ने ठाउँ नभएपछि बर्दिया राष्ट्रिय निकुञ्जको खोरमा राखिएको छ ।

    निकुञ्जले विभिन्न समयमा नियन्त्रणमा लिएको पाटेबाघमध्ये २ वटा रम्भापुरमा र ३ वटा बर्दिया राष्ट्रिय निकुञ्ज खोरमा गरी ५ वटा पाटेबाघ राखिएका छन् ।

    बर्दियामा नियन्त्रणमाा लिइएका बाघ राख्नका लागि उपयुक्त स्थान नभएपछि समस्या आउने गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार