रुपन्देही । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले देउसीभैलो खेल्न आउनेलाई पाँच सय एक रुपैयाँभन्दा धेरै दक्षिणा नदिन आग्रह गरेको छ ।
तोकिएको भन्दा धेरै दक्षिणा दिएमा कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।
तिहारलाई मर्यादित, शान्तिपूर्ण र भयरहित बनाउनका लागि प्रशासनले राति १० बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने निर्णय गरेको हो ।
यस्तै जुवातास खेलेमा, पटका बेचबिखन र पड्काउने काम गरेमा कानुनअनुसार कारबाही गर्ने प्रशासनको चेतावनी छ ।
Leave a Reply