काठमाडौं । धादिङमा भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार राति ११ बजेर २३ मिनेटमा ३.५ म्याग्निच्युडको भूकम्पको धक्का मापन गरिएको हो ।
सो भूकम्पको केन्द्रविन्दु धादिङको खरी आसपास रहेको केन्द्रले जनाएको छ ।
यसअघि खरी आसपास भएर गत कार्तिक ५ गते ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
Leave a Reply