Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • राष्ट्रपति पौडेललाई ६ राष्ट्रप्रमुखको समवेदना सन्देश

    राष्ट्रपति पौडेललाई ६ राष्ट्रप्रमुखको समवेदना सन्देश

    अनलाइन नेपाल
  • शनिबार, २५ कार्तिक २०८०
  • 768
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई जाजरकोटको विनाशकारी भूकम्पमा परी भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विभिन्न देशका राष्ट्रप्रमुखहरुले समवेदना सन्देश पठाएका छन्।

    जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टेनमेइर, चेक गणतन्त्रका राष्ट्रपति पिटर पावेल, अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान डेर बेलेन, निकारागुआका राष्ट्र ड्यानीयल ओर्टेगा साभेद्रा, कतारका अमिर शेख तमिम विन हमाद अल थानी र स्पेनका पेद्रो सान्चेजले बेग्लाबेग्लै समवेदना सन्देश पठाएका हुन् ।



    उनीहरुले भूकम्पपीडित परिवारप्रति समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।



    साथै सन्देशमा प्राकृतिक विपत्तिको यस घडीमा आफ्नो देश, जनता र सरकारतर्फबाट सहानुभूति प्रकट गर्दै राहत तथा पुनःस्थापनाको काममा आवश्यक सहयोगका लागि सदैव तयार रहेको उल्लेख गरेका छन् ।

    यसअघि राष्ट्रपति पौडेललाई चीनका राष्ट्रपति सी चिनफीङ, रुसका राष्ट्रपति भ्लादिमीर पुटिन र संयुक्त अधिराज्य बेलायतका राजा चाल्र्सलेले पनि समवेदना सन्देश पठाएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार