काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तल्लो स्तरमा उत्रेर लोकतन्त्र र गणतन्त्रमाथि प्रश्न उठाउने दुस्साहस भईरहेको बताएका छन् ।
काठमाडौंमा आयोजित साहित्यकार पद्यरत्न तुलाधरको पाँचौं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले केही मान्छेले गणतन्त्रमाथि प्रश्न उठाउन थालेको बताए।
प्रधानमन्त्री प्रचण्डले भने, ‘एकथरि मान्छेहरूले विभिन्न कोणबाट तल्लो स्तरमा उत्रेर लोकतन्त्र र गणतन्त्रमाथि प्रश्न उठाउने दुस्साहस गरेका छन् ।लामो संघर्ष र बलिदानबाट स्थापित गणतन्त्रमाथि प्रश्न उठाउने दुस्साहत भइराखेको छ । विगत ७० वर्षको संघर्ष र बलिदानबाट प्राप्त उपलब्धीबारे नेपाली जनतालाई बुझाउनुपर्ने आवश्यकता छ ।’
उनले लामो संघर्ष र बलिदानबाट स्थापित गणतन्त्रमाथि तल्लो स्तरमा उत्रेर प्रश्न उठाउने दुस्साहस भइराखेको बताए ।
विगत ७० वर्षमा नेपाली जनताको संघर्ष र बलिदानबाट प्राप्त उपलब्धीबारे जनतालाई बुझाउनुपर्ने आवश्यकता रहेको उनले बताए ।
Leave a Reply