Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तिहारको शुभकामना दिँदै सभापति देउवाले भने - तिहारले एकतालाई अझ मजबूत बनाएको छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तिहारले एकतालाई अझ मजबूत बनाएको बताएका छन् ।

शनिबार तिहार तथा नेपाल सम्वत् ११४४ को शुभकामना दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले यस्तो बताएका हुन् । उनले हामीमा निहित बन्धुत्व भावले विविधता बीचमा पनि अनुपम एकता कायम गरेको उल्लेख गरे ।

‘नेपाल विभिन्न जात-जाति, भाषा-भाषी, धर्म, विभिन्न चाड-पर्व एवं विभिन्न संस्कृति भएको देश हो। हामीमा निहित बन्धुत्व भावले विविधता बीचमा पनि अनुपम एकता कायम गरेको छ। तिहारले हामी बीचको एकतालाई अझ मजबूत बनाएको छ।’ शुभकामनामार्फत उनले भनेका छन्, ‘तिहार अर्थात यमपञ्चकका हरेक दिनले समस्त नेपालीहरुमा नयाँ उमंग सिर्जना गर्न, दिदीबहिनी र दाजुभाइहरु बीच तथा आफन्तहरु बीचमा सुमधुर र सौहार्द सम्बन्ध विकसित गर्न सघाएको छ।’

शंखधर साख्वाः को उदारताको कदर गरेर राष्ट्रिय विभूतिको रुपमा सम्मान गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077