Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सेनाले आन्तरिक छानबिन सुरु गरेपछि उपरथी पाण्डेले दिए राजिनामा

    सेनाले आन्तरिक छानबिन सुरु गरेपछि उपरथी पाण्डेले दिए राजिनामा

    अनलाइन नेपाल
  • शुक्रबार, २४ कार्तिक २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । प्नधानसेनापतिको रोलक्रममा रहेका नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन्।

    सेनाले उमेरको विषयमा आन्तरिक छानबिन सुरू गरेपछि उपरथी पाण्डेले राजीनामा दिएका हुन् ।



    आगामी प्रधानसेनापतीको रोलक्रममा रहेका पाण्डेको उमेरलाई लिएर चौतर्फी प्रश्न उठेको थियो। नागरिकतामा उमेर सच्याएको उजुरी परेपछि सैनिक मुख्यालयभित्रै छानबिन समेत सुरू भएको थियो।



    रथी बढुवामा सिफारिसका लागि सार्वजनिक सूचनापछि विवादमा परेका उपरथी पाण्डेको उमेर कीर्ते प्रकरणमा जंगी अड्डाले छानवीन समिति गठन गरेपछि राजीनामा दिएको खुलेको छ ।

    रथी बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको उमेरलाई लिएर विवाद सिर्जना भएपछि सैनिक मुख्यालयभित्रै बलाधिकृत रथी सीताराम खड्काको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार