Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • उपरथी पाण्डेको जन्ममितिबारे आन्तरिक छानबिन गर्दै सेना

    उपरथी पाण्डेको जन्ममितिबारे आन्तरिक छानबिन गर्दै सेना

    अनलाइन नेपाल
  • शुक्रबार, २४ कार्तिक २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । रथी बढुवामा सिफारिसका लागि सार्वजनिक सूचनापछि जन्ममिति विवादमा परेका उपरथी ताराध्वज पाण्डेको उमेरमाथि सेनाभित्रै छानबिन सुरु भएको छ ।

    रथी बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको उमेरलाई लिएर विवाद सिर्जना भएपछि सैनिक मुख्यालयभित्रै बलाधिकृत रथी सीताराम खड्काको नेतृत्वमा छानबिन समिति गठन भएको हो ।



    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत रक्षा मन्त्रालयमार्फत जंगी अड्डामा उमेर कीर्तेबारे छानबिन गर्न पत्र पठाएको बताईएको छ । एक वर्षपछि नेपाली सेनामा नयाँ प्रधानसेनापति को बन्ने भन्ने टुंगो लाग्ने बेला उपरथी ताराध्वज पाण्डे उमेर कीर्तेको विवादमा फसेका छन् ।



    सैनिक ऐनअनुसार वरिष्ठ उपरथी पाण्डेको बढुवाको प्रक्रियामा सैनिक मुख्यालयले प्रक्रिया थालेको थियो । सैनिक सेवा नियमावलीअनुसार जंगी अड्डाले पाण्डेविरुद्ध ७ दिने उजुरी पनि आह्वान गरेको थियो ।

    उजुरी दिने समय आइतबार सकिए पनि कुनै निवेदन प्राप्त भएको छैन । तर पाण्डेको जन्ममिति फरकफरक भएको नागरिकता र शैक्षिक प्रमाणपत्रसहितको फोटोकपी रक्षा मन्त्रालय र अन्य निकायमा पुगेको थियो ।

    उक्त प्रकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि संसदको राज्य व्यवस्था तथा सुशासन समितिले समेत गम्भीर रूपमा लिएको छ । प्रधानसेनापति शर्मा १६ कात्तिकमा फर्किएलगत्तै उपरथी पाण्डेलाई रथी बढुवामा सिफारिस गर्न पत्र पठाउने तयारी थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार