Online Nepal
  • बुधबार, १४ फाल्गुन २०८१
  • बालिका बलात्कारको आरोपमा ६० वर्षीया वृद्धविरुद्ध मुद्दा दर्ता

    बालिका बलात्कारको आरोपमा ६० वर्षीया वृद्धविरुद्ध मुद्दा दर्ता

    अनलाइन नेपाल
  • शुक्रबार, २४ कार्तिक २०८०
  • 801
    SHARES

    संकेतिक तस्विर

    काठमाडौं । प्रहरीले १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ।

    काठमाडौं महानगरपालिका–७ गौरीघाटस्थित मिलन चोकमा १२ वर्षीया बालिका बलात्कारको आरोपमा गौरीघाट बस्ने ६० वर्षीय तारानाथ दुलाललाई पक्राउ गरेको हो ।



    नाबालिकालाई बलात्कार गरेको कसुरमा पक्राउ परेका दुलालविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ। गत असोज १९ गते साँझ दुलालले १२ वर्षीया बालिकालाई आफ्नो घरको कोठामा लगेर बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

    असोज १९ गते साथीहरुसँग खेल्न भनेर १२ वर्षीया बालिका घरबाट बाहिर निस्केकी थिइन्। त्यही बेला दुलालले कोठामा लगेर बलात्कार गरेको आरोप लागेको छ। २ पटकसम्म दुलालबाट बलात्कार भएपछि पीडित बालिकाले रुँदै आमालाई उक्त कुरा बताएकी थिइन्।

    त्यसपछि उनीहरुले प्रहरीमा जाहेरी दिएका थिए। बलात्कार आरोपमा पक्राउ परेका दुलालविरुद्ध १२ वर्षीया बालिकालाई बलात्कार गरेकाले २० वर्ष कैद माग दाबी गर्दै मुद्दा चलाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार