सुर्खेत। जाजरकोट भूकम्पमा परेर घाइते थप एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१, का ३२ वर्षीय निरक विष्ट रहेका छन्।
उनको उपचारका क्रममा आज बिहान कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको हो ।
अस्पतालमा उपचाररत २६ जना मध्ये उनको बिहान ९ बजे मृत्यु भयो भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
यससँगै जाजरकोटको बारेकोट–१ रामिडाँडा केन्द्रविन्दु भएर कात्तिक १७ गते गएको भूकम्पमा परी मृत्यु हुने संख्या १५४ पुगेको छ । रुकुम पश्चिममा ५३ र जाजरकोटमा १०१ जनाको मृत्यु भएको छ ।
हाल कर्णाली प्रदेश अस्पतालमा २६ घाइतेहरुको उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।
Leave a Reply