Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • भूकम्प प्रभावितका लागि भारतले तेस्रो खेपमा पठायो १२ टन राहत सामग्री

    भूकम्प प्रभावितका लागि भारतले तेस्रो खेपमा पठायो १२ टन राहत सामग्री

    अनलाइन नेपाल
  • बिहिबार, २३ कार्तिक २०८०
  • 639
    SHARES

    काठमाडौं । भारत सरकारले नेपालका भूकम्प प्रभावितका लागि पठाएको तेस्रो चरणको १२ टनभन्दा बढी राहत साम्रगी नेपाल आइपुगेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिबद्धतालाई कार्यान्वयन गर्दै भारतीय वायुसेनाको सी–१३० नामक विशेष विमान बिहीबार नेपालगन्ज बिमानस्थलमा आइपुगेको हो ।

    भारतीय राजदूतावास काठमाडौंका अनुसार तेस्रो चरणको राहत सामग्रीमा कम्बल, स्लीपिङ्ग ब्याग, त्रिपाल, अत्यावश्यक चिकित्सा सामग्री आदि समावेश रहेका छन् । पहिलो रेस्पोन्डरको रुपमा भारतले नेपालका भूकम्प प्रभावित परिवारका लागि भारतीय वायुसेनाको विशेष विमानका तीनवटा फ्लाइटमार्फत ३३ टन आपतकालीन राहत सामग्री उपलब्ध गराएको थियो ।



    यस्तै भूकम्प प्रभावित परिवारका अत्यावश्यक आवश्यकताहरु पुरा गर्न यस राहत सामग्रीमा त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लीपिङ्ग ब्याग, अत्यावश्यक औषधी र चिकित्सा उपकरण जस्तैं शल्यचिकित्सा सम्बन्धी उपकरण, पोर्टेबल भेन्टिलेटर तथा सरसफाई सामग्री समावेश थिए ।



    ‘नेपाल भारतको घनिष्ट मित्र एवम् छिमेकी भएकोले नेपाललाई सहयोग गर्न भारत प्रतिबद्ध रहेको कुरा भारतले भूकम्प लगत्तै नेपाललाई सहयोग गर्न देखाएको तत्परताले पुष्टि गर्दछ’, भारतीय राजदूतावास काठमाडौंले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    नेपालको प्रमुख विकास साझेदार भएको नाताले नेपाली जनतालाई सहयोग गर्न भारत सदैव तयार रहेको राजदूतावासले जनाएको छ । नेपाल सरकारले उपलब्ध गराएको निर्देशिका र प्राथमिकताको आधारमा भारत सरकारले नेपाललाई निरन्तर सहयोग गर्ने विज्ञप्तिमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार