Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ईश्वर पोखरेलको आरोप - विशिष्टको लावालस्करले भूकम्प प्रभावित क्षेत्रमा आतंक मच्चायो

धनकुटा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा सरकारी विशिष्ट व्यक्तिको लावालस्करले आतंक मच्चाएको आरोप लगाएका छन् ।

प्रेस चौतारी धनकुटाले बिहीबार जिल्ला सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले यस्तो आरोप लगाएका हुन् ।

उनले राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूको लावालस्करले पर्यटन आतंक खडा गरेको बताए ।

राहत लिएर जानेभन्दा पनि रमिता हेर्न जाने क्रम बढी भएकाले भूकम्प पीडितलाई थप समस्या बनाएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077