Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पौडेल र सीपीसी तिब्बतका सचिव वाङबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)तिब्बतका सचिव वाङ छुङछेङबीच भेटवार्ता भएको छ ।

नेपाल भ्रमणमा रहेका वाङले बिहीबार राष्ट्रपति कार्यालय शितलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।

राष्ट्रपतिसँगको भेटवार्तामा नेपाल चीनबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

त्यसक्रममा राष्ट्रपति पौडेलले गत साता जाजरकोट केन्द्रबिन्दु भएको गएको भूकम्पमा जनधनको क्षति हुँदा चीन सरकार र त्यहाँका जनताले गरेको सहयोगका लागि आभार व्यक्त गरेका छन् ।

वाङले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गरेका थिए । वाङ बुधवार नेपाल आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077