Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मालपोत कार्यालय इनरुवाका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीका नायब सुब्बा र खरिदारविरुद्ध मुद्दा दर्ता गरेको छ ।

अख्तियारले भूमिसुधार कार्यालय इनरुवाका नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

जग्गा नामसारी गरेबापत सेवाग्राहीसँग एक लाख ५० हजार रुपैयाँ घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले उनीहरुलाई उक्त परिमाणको घुसबापतको रकम लिइसकेको अवस्थामा गत असोज १२ गते नियन्त्रणमा लिएको थियो ।

आयोगका अनुसार अनुसन्धानको सिलसिलामा कटुवाल र अधिकारीको आपसी मिलोमतो तथा योजनामा अंशवण्डा नामसारी गरी दिएबापत सेवाग्राहीसँग एक लाख ५० हजार रुपैयाँ घुस माग गरी लिएको पुष्टि भएपछि एक लाख ५० हजार रुपैयाँ बिगो कायम गरी बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077