Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • उपप्रधानमन्त्री खड्काले गरे यूएई भ्रमण स्थगित

    उपप्रधानमन्त्री खड्काले गरे यूएई भ्रमण स्थगित

    अनलाइन नेपाल
  • बिहिबार, २३ कार्तिक २०८०
  • 819
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले यूएईका लागि तय भएको भ्रमण स्थगित गरेका छन् ।

    उपप्रधानमन्त्री खड्काले यही कात्तिक २७ गतेदेखि मंसिर १ गतेसम्मका लागि तय भएको भ्रमण स्थगित गरेका हुन्।



    दुबईमा आयोजना हुन लागेको १८औँ दुबई एयरशो, २०२३ मा भाग लिन यूएईका युवराज मोहम्मद बिल रसिद अल मकतुमको निमन्त्रणामा उपप्रधानमन्त्री खड्का नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यूएई जाने कार्यक्रम तय भएको थियो ।



    यसका लागि यही कात्तिक १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले भ्रमणको स्वीकृति समेत दिएको थियो ।

    तर यही कात्तिक १७ गते शुक्रवार राति जाजरकोटमा ६.४ रेक्टर स्केलको भूकम्प गएपछि उद्धार तथा राहतमा सक्रिय भएकाले उपप्रधानमन्त्री खड्काले भ्रमणको कार्यक्रम स्थगित गर्नुभएको रक्षा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाश पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    400136969_664008612381263_262236864502876397_n

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार