Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • उपराष्ट्रपति यादव र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

    उपराष्ट्रपति यादव र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, २२ कार्तिक २०८०
  • 630
    SHARES

    काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ छुङछेङको नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

    उनको नेतृत्वमा रहेको चिनियाँ प्रतिनिधिमण्डलले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा पुगेर शिष्टाचार भेटवार्ता गरेको हो । भेटमा उनीहरूबीच नेपाल र चीन सम्बन्धका विविध आयामबारे छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।



    सो अवसरमा उपराष्ट्रपति यादवले तिब्बत स्वशासित क्षेत्र नेपाल र चीनबीचको व्यापार, पर्यटन, संस्कृति र अन्य हितका क्षेत्रमा द्विपक्षीय अन्तक्रियाको प्रवेशद्वार भएको उल्लेख गर्दै छुङछेङ नेतृत्वको प्रतिनिधिमण्डलको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे। ‘हालै जाजरकोट र रुकुमपश्चिममा गएको विनाशकारी भूकम्पले सयौंको ज्यान जानुको साथै भौतिक पूर्वाधार र सम्पत्तिमा क्षति पुर्‍याएको छ। यस दुःखद् घडीमा साथ दिएकामा म चीन सरकार र जनताको प्रशंसा गर्न चाहन्छु,’उनले भने, ‘यस कठिन समयमा जनवादी जनतन्त्र चीन सरकारले प्रदान गरेको सहयोगका लागि म आभार प्रकट गर्दछु।’



    वाङले उपराष्ट्रपति यादवलाई तिब्बत भ्रमणमा आउन आग्रह गरेका थिए । सचिव वाङले राजनीतिक दलका नेताहरू, मन्त्रीहरु, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायतलाई भेट्ने कार्यक्रम रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार