Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • सामूहिक बलात्कार प्रकरण : करातेका दुई प्रशिक्षकलाई ८ वर्ष कैद, जनही ३ लाख जरिवाना

    सामूहिक बलात्कार प्रकरण : करातेका दुई प्रशिक्षकलाई ८ वर्ष कैद, जनही ३ लाख जरिवाना

    अनलाइन नेपाल
  • बुधबार, २२ कार्तिक २०८०
  • 2.4K
    SHARES

    काठमाडौं । सामूहिक बलात्कार अभियोगमा दोषी ठहर भएका दुईजना कराते प्रशिक्षकलाई जिल्ला अदालत मोरङले आठ–आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ ।

    विराटनगरस्थित एउटा नर्सिङ कलेजकी १९ वर्षीया छात्रामाथि सामूहिक बलात्कार अभियोगमा भदौदेखि पुर्पक्षमा रहेका मोरङका दुवै जनालाई बुधबार अदालतले सजाय निर्धारण गरेको हो ।



    न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले प्रशिक्षकद्वय विनोद राउत र सुरज सुवेदीलाई ८ वर्ष कैद र जनही ३-३ लाख रुपैयाँ जरिवाना तोक्ने फैसला गरेको हो।



    जबरजस्ती करणी मुद्दामा ७ वर्ष र सामूहिक बलात्कारमा थप १ वर्ष गरी दुवै जनालाई ८ वर्ष कैद सजाय निर्धारण गरिएको मोरङ अदालतले जनाएको छ । न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले यसअघि दुवै जनालाई दोषी ठहर गरेको थियो ।

    विराटनगर–४ का ५० वर्षीय राउत नेकपा एमाले निकट नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव थिए भने ५० वर्षीय सुवेदी विराट हेल्थ कलेजका अनुशासन इन्चार्ज हुन् ।

    पीडितमाथि गएको जेठ महिनामा विराटनगरको मुनाल पथस्थित विराट होटेलमा सुवेदी र राउतले सामूहिक करणी गरेको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार