Online Nepal
  • मंगलबार, २३ पुष २०८१
  • बिहे गरेको १२ वर्षपछि हनी सिंहले गरे सम्बन्धविच्छेद

    बिहे गरेको १२ वर्षपछि हनी सिंहले गरे सम्बन्धविच्छेद

    अनलाइन नेपाल
  • बुधबार, २२ कार्तिक २०८०
  • 1.2K
    SHARES

    एजेन्सी। भारतका चर्चित र्‍यापर हनी सिंहले सम्बन्धविच्छेद गरेका छन् । बिहे गरेको १२ वर्षपछि श्रीमती शालिनी तलवारसँग हनीले पारपाचुके गरेका हुन् ।

    लामो समयसम्म उनी आफ्नो विवाहित जीवनलाई लिएर चर्चामा थिए । दिल्लीको फ्यामिली कोर्टले सिंह सम्पत्तिलाई अलग्गिने मन्जुरी दिएको छ ।



    साढे २ वर्षदेखि सम्बन्ध विच्छेदको मुद्दा अदालतमा विचाराधीन थियो । शालिनीले हनीलाई घरेलु हिंसाको आरोप लगाएकी थिइन् ।



    अदालतले सम्बन्धविच्छेदलाई अनुमति दिनु अघि हनीलाई अन्तिम पटक अब पनि पत्नीको साथमा रहने कोसिस गर्न चाहन्छौँ ? भनेर सोधेको थियो ।

    यसको उत्तरमा उनले अब पनि साथमै बस्नु कुनै औचित्य नभएको उत्तर दिएका थिए । शालिनीले पनि हनीको उत्तरमा सहमति जनाएकी थिइन् ।

    दुबैले एक अर्कामाथि लगाएको आरोप फिर्ता लिएका छन् । हनी र शालिनीले लभ म्यारिज गरेका थिए । लामो समयसम्म एक अर्कालाई डेट गरेपछि सन् २०११ मा सिख रीतिरिवाजअनुसार दुबैको बिहे भएको थियो ।

    शालिनीसँग उनको अफेयरको चर्चा चल्न थालेपछि एउटा रियालिटी शोमा हनीले आफूले शालिनी आफ्नो पत्नी भएको अनि बिहे भएको तीन वर्ष भइसकेको खुलासा गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार