काठमाडौं । जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेको चिनियाँ सेनाको जहाज नेपाल आइपुगेको छ ।
जहाज बुधबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । चिनियाँ सेनाको जहाजसँगै कार्गो विमान पनि विमानस्थलमा अवतरण भएको छ।
छिमेकी राष्ट्र भारतले भारतीय वायुसेनाको विशेष विमान सी-१३० मार्फत दुई चरणमा राहत उपलब्ध गराइसकेको छ ।
गत शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको थियो ।
Leave a Reply