Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

करेन्ट लागेर दुई जनाको मृत्यु

झापा । झापाको करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको छुट्टा–छुट्टै स्थानमा करेन्ट लागेर एकै दिन दुई जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार दिउँसो दमक नगरपालिका–३ स्थित खोल्सीमा निर्माण भइरहेको पूलमा काम गर्ने मजदूर भोजपुर नगरपालिका–११ का ४५ वर्षीय चंखबहादुर सार्कीको मोटरबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको हो ।

सोही दिन कनकाइ नगरपालिका–३ मा घरमा टिनको छाना लगाउने क्रममा कनकाइ–६ का ३६ वर्षीय रामकुमार श्रेष्ठले बोकेको रडले बिजुलीको तारमा छोएपछि करेन्ट लाग्दा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका सार्कीको उर्लाबारीस्थित अरनिको अस्पतालमा र श्रेष्ठको बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077