Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • पोल्याण्ड पठाईदिन्छु भन्दै ३८ लाख ठगी, इन्द्रचोकबाट कर्माचार्य पक्राउ

    पोल्याण्ड पठाईदिन्छु भन्दै ३८ लाख ठगी, इन्द्रचोकबाट कर्माचार्य पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २१ कार्तिक २०८०
  • 2K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पोल्याण्ड पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-१० भइ हाल काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोट बस्ने ३९ वर्षीय सुनिता कर्माचार्य रहेकी छन् ।



    कर्माचार्यले मदनराज मोक्तनसहित १७ जनालाई पोल्याण्ड जान प्रतिव्यक्ति आठ लाख रुपियाँ लाग्ने भन्दै ३८ लाख रुपियाँ ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।



    कर्माचार्यले पोल्याण्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक एक लाख ५० रुपियाँ तलव हुन्छ भनी प्रलोभनमा पारेकी थिइन ।

    उनले पटक–पटक गरी सो रकम पीडितबाट उठाइ सम्पर्कविहिन रहेको अवस्थामा वैदेशिक रोजगार विभागले पक्राउ गरी उपस्थित गराउन प्रहरीलाई पत्राचार गरेको थियो ।

    प्रहरीले उनलाई काठमाडौंको इन्द्रचोकबाट मंगलबार दिउँसो १ बजे पक्रउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार