Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • संविधानमाथिको प्रहार मिलेर प्रतिवाद गर्ने सर्वदलीय बैठकको निष्कर्ष

    संविधानमाथिको प्रहार मिलेर प्रतिवाद गर्ने सर्वदलीय बैठकको निष्कर्ष

    अनलाइन नेपाल
  • मंगलबार, २१ कार्तिक २०८०
  • 582
    SHARES

    काठमाडौं । शान्ति सम्झौता गर्ने प्रमुख दलका शीर्ष नेताहरूबीच छलफल सकिएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आयोजनामा बसेको सर्वदलीय बैठकले संविधानमाथि भइरहेको प्रहारविरुद्ध एकजुट भएर अगाडि बढ्ने निष्कर्ष निकालेका हो ।



    छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई लगायत उपस्थित थिए। सर्वदलीय बैठकमा शान्ति प्रक्रियाका विविध विषयमा छलफल भएको थियो ।



    बैठकमा पछिल्लो समय संविधान र शान्ति प्रक्रियाबाट प्राप्त उपलब्धिविरुद्ध संगठितरुपमा जनतामा उत्तेजना फैलाउने र यसका नेतृत्वकर्तामाथि लाञ्छना लगाउने क्रम बढेको निष्कर्षसमेत निकालेको छ ।

    बैठकपछि माओवादी केन्द्रीकी उपाध्यक्ष पम्फा भुसालले शान्ति र संविधानमाथिको प्रहारलाई मिलेर प्रतिवाद गर्ने निचोड निस्किएको बताइन् । उनले पछिल्लो समय व्यवस्थामाथि नै प्रहार हुन खोजेको भन्दै त्यसविरुद्ध प्रमुख दलहरू एकजुट भएर अगाडि बढ्ने निष्कर्ष निकालिएको बताइन्।

    एमालेले भने सरकारको कामकारबाही सन्तोषजनक नरहेको भन्दै सरकारको कार्यशैली परिवर्तन गर्नुपर्ने धारणा राखेको थियो । छलफलमा सहभागी दलहरुले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नेताहरूले बलियो प्रतिबद्धता व्यक्त गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार