पाल्पा । पाल्पाको भुतखोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३, दोभान भूतखोलाको पोखरीमा डुबेर सिद्धार्थनगर नगरपालिका–९, बस्ने बिमल आचार्यको मृत्यु भएको हो ।
रुपन्देहीको भैरहवाबाट घुम्न आएका आचार्य र २६ वर्षीय युना दाहाल भूतखोला पोखरीमा अचानक डुबेको र स्थानीयले उद्दार गरी उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाएकामा चिकित्सकले आचार्यलाई मृत घोषणा गरेका थिए ।
घाइते अवस्थामा रहेकी दाहालको प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटनाको सम्बन्न्धमा थप अनुसन्धान भइरहेको छ ।
Leave a Reply