Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दोहोरो अंकले बढ्यो नेप्से, झण्डै १ अर्बको कारोबार

काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ ।

अघिल्लो दिन २१ अंकमाथिले बढेको नेप्से सूचक मंगलबार थप ११.२२ अंकले बढ्दै १८५८.७६ अंकमा उक्लिन पुगेको हो ।

सोमबार कुल ९३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ९९ करोड ६५ लाख रुपैयाँको भयो ।

यस दिन निर्जीवन बीमाबाहेकका सबै उपसमूहका सूचक बढे । सो उपसमूह भने १७ अंक घट्यो ।

प्रतिशतका आधारमा लगानी उपसमूह सबैभन्दा धेरै १.५१ प्रतिशतले बढ्यो ।

बैंकिङ २, विकास बैंक १५, फाइनान्स १९, होटल तथा पर्यटन ४०, जलविद्युत् ७, जीवन बीमा ११३, उत्पादन तथा प्रशोधन ४७, लघुवित्त २१, अन्य १८ र ब्यापार उपसमूह २० अंक बढे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077