Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • संविधान निर्माणमा भूमिका खेल्ने दलहरुको बैठक सिंहदरबारमा

    संविधान निर्माणमा भूमिका खेल्ने दलहरुको बैठक सिंहदरबारमा

    अनलाइन नेपाल
  • मंगलबार, २१ कार्तिक २०८०
  • 741
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ ।

    बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहीबेर अघि सुरु भएको हो ।



    प्रधानमन्त्री प्रचण्डले १२ बुँदे समझदारीदेखि शान्ति प्रक्रिया र संविधान निर्माणमा भूमिका खेलेका दलहरुको सहभागितामा सर्वदलीय बैठक डाकेका थिए ।



    दिल्लीको १२ बुँदे समझदारीदेखि शान्ति सम्झौता र संविधान निर्माणमा नेतृत्वकारी भूमिका खेल्ने दलहरुको बैठक भएकाले रास्वपालगायत नयाँ दल र राप्रपाको भने सहभागिता छैन ।

    त्यस्तै बैठकमा जाजरकोटको भूकम्पले भएको क्षति, पीडितहरुको उद्धार, राहतलगायतका विषयमा पनि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता कृष्ण सिटौला, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, महेश बर्तौला, पदम गिरी, नेकपा माओवादी केन्द्रबाट पम्फा भुसाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायतका नेताहरुको उपस्थिति रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार