Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माओवादीले दियो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख

काठमाडौं । सत्तागठबन्धन प्रमुख घटक नेकपा माओवादी केन्द्रले जाजरकोट भूकम्पबाट पीडितहरूको उद्धार एवं राहतका लागि सहयोग हस्तान्तरण गरेको छ ।

पार्टी उपाध्यक्ष पम्फा भुसाल लगायतका नेताहरुले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार एवं राहतका लागि ५० लाखको सहयोग हस्तान्तरण गरेका हुन् ।

शुक्रबार राति गएको विनाशकारी भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएपछि उपाध्यक्ष भुसाल लगायतका नेताहरुले सो सहयोग गरेका छन् ।

मंगलबार ५० लाख रकम बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077