Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

टी–२० सिरिजका लागि २२ सदस्यीय महिला टोली बन्द प्रशिक्षणमा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एक हप्तापछि हङकङमा आयोजना हुने टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि २२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

चार देश सम्मिलित महिला टी–२० अन्तर्राष्ट्रिय सिरिजका क्यानले २२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

नोभेम्बर १५ देखि १९ सम्म चल्ने प्रतियोगितामा नेपाल, यूएई, हङकङ र मलेसियाबिच प्रतिस्पर्धा हुनेछ । बन्द प्रशिक्षणमा सोनी पाख्रिनको पुनरागमन भएको छ ।

घरेलु क्रिकेटमा राम्रो छाप बनाइरहेकी युवा खेलाडी सोनीले टिममा पुनरागमन गरेकी हुन् ।

उनी तीव्र गतिको बलिङ सहित ब्याटिङमा राम्रो सम्भावना बोकेकी अलराउन्डर हुन् ।

प्रशिक्षणमा सम्मिलित खेलाडीहरु :

रुबिना क्षेत्री, सीता राना मगर, इन्दु बर्मा, विन्दु रावल, संगिता राई, ज्योति पाण्डे, पुजा महतो, रोमा थापा, ईश्वरी विष्ट, सम्झना खड्का, रुवि पोदार, सबनम राई, अश्मिना कर्माचार्य, खुसी डंगोल, कृतिका मरासिनी, कन्चन श्रेष्ठ, सोनी पाख्रिन, सोमु विष्ट, अप्सरी बेगम, काजोल श्रेष्ठ, मनिषा चौधरी र कविता जोशी ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077