काठमाडौं । जाजरकोट भूकम्पमा परी मृत्यु भएका सबैको खनाखत भएको छ । जाजरकोटमा मात्रै १०१ जनाको ज्यान गएको थियो ।
प्रहरीका अनुसार ती सबैको खनाखत भएको छ भने मृतकमध्ये ९५ जनाको शव आफन्तलाई बुझाइएको छ ।
बाँकी ६ जनाको आफन्त टाढा भएकोले जिल्ला अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ । जाजरकोटको रामिडाँडा केन्द्र भएर शुक्रबार राति ६.४ रेक्टरको भूकम्प गएको थियो ।
भूकम्पमा परी दुई जिल्लाका १५३ जनाको मृत्यु भएको छ भने करिब २०० घाइते अवस्थामा रहेका छन् ।
यी हुन् जाजरकोटमा ज्यान गुमाउनेहरू :
Leave a Reply