जाजरकोट । सोमबार दिउँसो जाजरकोटको रामिडाँडामा गएको भूकम्पमा परेर रुकुम पश्चिममा सात र जाजरकोटमा ६ जना गरी १३ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार जाजरकोटमा तीनवटा घर भत्किएका हुन् ।
दिउँसो ४ः३४ बजे जाजरकोटको रामिडाँडा भएर आएको ५.८ रेक्टरस्केलको भूकम्पले जिल्लाको आठबिसकोट नगरपालिकाका चारजना, चौरजहारी नगरपालिकाका दुईजना र सानीभेरी गाउँपालिकाका एकजना गरी सातजना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
यसअघि गत शुक्रबार जाजरकोटको रामिडाँडा नै भएर आएको ६.४ रेक्टरस्केलको भूकम्प आएको थियो ।
Leave a Reply