काठमाडौं । भूकम्प प्रभावित जिल्लामा भइरहेको राहत, उद्धार र उपचारको अवस्थाबारे बुझ्न राज्य व्यवस्था तथा सुशासन समितिको टोली बुधबार जाजरकोट र रुकुमपश्चिम जाने भएको छ ।
समितिका सभापति रामहरि खतिवडासहित ९ सदस्यीय टोली भूकम्प प्रभावित जिल्लामा जाने भएको हो ।
सभामुख देवराज घिमिरेले समितिका सभापति खतिवडालाई भूकम्प पीडितको अवस्था बुझ्न संसदीय टोली पठाउन निर्देशन दिएका थिए ।
सभामुखको निर्देशनलगत्तै सभापति खतिवडाले ९ सदस्यीय टोली जाजरकोट र रुकुमपश्चिमको स्थलगत अनुगमनमा जाने निर्णय गरेका थिए ।
सभामुख घिमिरेले राज्यकोषबाट भ्रमण भत्तालगायतका अतिरिक्त सेवा सुविधासमेत नलिई अनुगमनमा जान निर्देशन दिएका छन् ।
Leave a Reply