काठमाडौं । भूकम्प पीडितका लागि चीनले दिएका सहायता सामग्री बोकेका कन्टेनर रसुवागढी नाकाबाट नेपाल प्रवेश गरेका छन् ।
जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि चीनले नेपाललाई १० करोड रुपैयाँ बराबरका सहायता सामग्री पठाएको हो ।
दुई हजार तीन सय वटा टेन्ट, दुई हजार वटा कम्बल, सात सय वटा त्रिपाल र पाँच सय वटा स्प्रेयरसहितका सामग्री नेपाल भित्रिएका नेपालका लागि चीनका राजदूत छन सङले जानकारी दिए ।
यी सामग्री काठमाण्डौ नल्याई सिधै जाजरकोट र रुकुम पश्चिम पठाइनेछ । थप सामग्री आउने क्रममा रहेको बताइएको छ ।
Leave a Reply