Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • भूकम्प पीडितलाई पहिलो प्राथमितामा राख्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

    भूकम्प पीडितलाई पहिलो प्राथमितामा राख्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, २० कार्तिक २०८०
  • 579
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैभन्दा दुर्गम र गरीब भूकम्प पीडितलाई पहिलो प्राथमिकता राख्न निर्देशन दिएका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको एक प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको धन्यवादले मलाई उर्जा मिलेको छ ।अहिले तपाईहरुले सरकारले लिएको पहलकदमी वा तत्परताका लागि दिनुभएको धन्यवाद आफैंमा पनि सरकारलाई एउटा नयाँ उर्जा मिलेको महसुश भएको छ ।’



    प्रधानमन्त्रीले आफूले रास्वपाले उठाएका सुझाबहरु प्रायः मन्त्रिपरिषद् र राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणबाट निर्णय गराएको बताए । उनले पीडित समक्ष सही समय र ठीक ढंगले राहत प्राप्त हुने वातावरण बनोस् भन्नेमा आफूहरु सचेत रहेको बताए ।

    सो अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधि सभा सदस्य तथा उपसभापति डोर प्रसाद अर्यालले सडक पहुँच नभएकोलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री समक्ष आग्रह गरेका थिए ।

    त्यसैगरि अर्यालले ६ बुँदे सुझाबहरु पेश गर्दै प्राप्त विवरण ठीक ठाउँमा पुगे नपुगेको अनुगमन गर्न, चिसोको बेला विशेष ध्यान दिन र राहत र पुनस्र्थापनाका लागि कानूनमा आवश्यक सुधार गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार