Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • एक बल नै नखेली श्रीलंकाली ब्याट्सम्यान एन्जोलो ‘टाइम आउट’

    एक बल नै नखेली श्रीलंकाली ब्याट्सम्यान एन्जोलो ‘टाइम आउट’

    अनलाइन नेपाल
  • सोमबार, २० कार्तिक २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । भारतमा जारी एकदिवसीय विश्वकपमा पहिलो पटक श्रीलंकाली क्रिकेटर एन्जेलो म्याथ्युज टाइम आउट भएका छन्।

    विश्वकप क्रिकेटअन्तर्गत अहिले बंगलादेशविरुद्ध भिडिरहेको श्रीलंकाका म्याथ्युज एक बल पनि सामना नगरी आउट भएका हुन् ।



    बंगलादेशसँगको खेलका क्रममा हेल्मेटको फित्ता चुडिएको देखाउँदै उनले क्रिजमा आउन ढिलाई गरेका थिए। त्यसपछि रेफ्रीले दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा म्याथ्युजलाई ‘टाइम आउट’ घोषणा गरेका थिए।



    यसअघि अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि ब्याट्सम्यानलाई यस्तो आउट दिइएको थिएन। श्रीलंकाली ब्याट्सम्यान सदिरा सामराविरा आउट भएपछि अर्को ब्याट्सम्यान म्याथ्युजले मैदानभित्र प्रवेश गर्न विलम्ब गरेकाले उनलाई पनि आउट दिइएको हो।

    आईसीसीको नियमअनुसार, एउटा ब्याट्सम्यान आउट भएको तीन मिनेटभित्र अर्को ब्याट्सम्यान मैदानभित्र प्रवेश गरिसक्नुपर्ने हुन्छ। त्योभन्दा ढिलो मैदान प्रवेश गर्ने ब्याट्सम्यानलाई टाइम आउट दिइन्छ।

    सोही प्रावधान अनुसार म्याथ्युजलाई आउट दिइएको हो। यसअघि अन्तर्राष्ट्रिय क्रिकेटमा यस्तो आउट दिइएको थिएन। यो आउटको विकेट बलरले पाउँदैनन्। म्याथ्युजले केही बेर अपिलसमेत गरेका थिए।

    उनले बंगलादेशका कप्तान सकिवुल अल हसनसँग पनि अपिल गरेका थिए। तर अल हसनले रेफ्रीको निर्णय भएको भनेपछि उनी निराश हुँदै मैदान बाहिर पुगे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार