Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादीले भूकम्प पीडितलाई २५ लाख दिने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले भूकम्प प्रभावितहरुलाई सहयोग गर्न सरकारी कोषमा २५ लाख रकम जम्मा गर्ने भएको छ ।

सचिवालय बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई सहयोग गर्न पार्टीले २५ लाख रुपैयाँ सरकारी कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

एकीकृत समाजवादीले उक्त रकम पार्टीका मन्त्री, सांसद र जनप्रतिनिधिका साथै कार्यकर्ताहरुबाट संकलन गर्ने भएको छ ।

सो पार्टीले भुकम्पप्रभावितका लागि उद्धार र राहतमा सहयोग गर्न यसअघि पार्टी उपमहासचिव तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई खटाइसकेको छ ।

साथै बैठकमा असोज महिनामा सो पार्टीले गरेको मेची महाकाली समाजवादी जागरण अभियानको समीक्षा गर्दै त्यसक्रममा १० हजार २७४ बढी विभिन्न पार्टीका नेता कार्यकर्ता पार्टी प्रवेश गरेकाले अभियान उपलब्धिमूलक भएको ठहर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077