Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पौडेलले गरे युरोप भ्रमण स्थगित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले युरोप भ्रमणमा निस्कने कार्यक्रम स्थगित गरेका छन् ।

भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकुल नरहेको भन्दै राष्ट्रपति पौडेलले भ्रमण स्थगित गरेका हुन् ।

जाजरकोट केन्द्र भएर गत शुक्रबार भूकम्प गएको र ठूलो जनधनको क्षति भएको भन्दै यस्तो बेला विदेश भ्रमणमा नजान राष्ट्रपतिलाई आग्रह हुँदै आएको थियो।

फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति २२ कात्तिकमा त्यसतर्फ जाने र त्यसपछि जर्मनी र इटालीको भ्रमण गरेर १ मंसिरमा स्वदेश फर्किने तय भएको थियो ।

सरकारले भ्रमण कार्यक्रम स्वीकृत गरिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077