Online Nepal
  • मंगलबार, २३ पुष २०८१
  • राजस्व चुहावट गरी २ करोड ९ लाख बढी भ्रष्टाचार, मालपोत अधिकृतसहित १० जनाविरुद्ध मुद्दा

    राजस्व चुहावट गरी २ करोड ९ लाख बढी भ्रष्टाचार, मालपोत अधिकृतसहित १० जनाविरुद्ध मुद्दा

    अनलाइन नेपाल
  • सोमबार, २० कार्तिक २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साका तत्कालीन मालपोत अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    अख्तियारले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा मालपोत अधिकृत हरिनारायण मिश्रसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।



    उनीहरूविरुद्ध सोमवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताए।



    आर्थिक वर्ष २०७१/७२ मा मालपोत कार्यालय, पर्साको रजिष्ट्रेसन फाँट ‘ग’ का कर्मचारीहरूको मिलेमतोमा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम नियम अनुसार दाखिला नगरी हिनामिना गरेको आयोगको दाबी छ ।

    तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रले २ करोड ९ लाख ३१ हजार ६ सय ४७ रुपैयाँ हिनामिना गरेको आरोपमा उनीविरुद्ध आयोगले त्यसको दोब्बर जरिवानाको माग दाबी गर्दै मुद्दा दायर गरेको छ ।

    यसैगरी, सोही मालपोत कार्यालयका तत्कालीन अधिकृत भुप बहादुर बोगटीले आर्थिक वर्ष २०७१÷७२ मा सोही जग्गामा लिखत दर्ता किताबमा प्रविष्टि प्रमाणित नगरी निजको हस्ताक्षरबाट पारित भइ सङ्कलन भएको एक करोड ४९ लाख ६९ हजार १४५ रुपियाँभन्दा दोब्बर जरिवाना हुन मागदाबी लिइ भ्रष्टाचारको आरोप लागेको आयोगले जनाएको छ ।

    सोही आरोपमा तत्कालीन मालपोत अधिकृत गोपाल ढुङ्गानाविरुद्ध ३५ लाख ४५ हजार ९५० रुपियाँभन्दा दोब्बर जरिवाना हुन समेतको मागदाबी लिइ भ्रष्टाचार आरोप लागेको छ ।

    आयोगका अनुसार तत्कालीन अधिकृतहरु पदम प्रसाद अर्यालविरुद्ध १६ लाख ८१ हजार ६०० रुपियाँको दोब्बर, अधिकृत चन्द्र बहादुर भण्डारीविरुद्ध दुई लाख ४४ हजार ४६२ भन्दा दोब्बर जरिवाना, अधिकृत कमोद तिवारीविरुद्ध एक करोड ४१ लाख ४७ हजार १७१ भन्दा दोब्बर जरिवानासहित मागदाबी लिइ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    यसैगरी, सोही कार्यालयमा तत्काली नायब सुब्बा किरण प्रसाद उपाध्यायविरुद्ध पाँच करोड ५५ लाख १९ हजार ९७५ रुपियाँको दोब्बर जरिवाना हुन मागदाबी लिइ भ्रष्टाचार आरोपको मुदा दायर भएको आयोगले जनाएको छ ।

    यस मुद्दामा उपााध्यायका अंश खाने अंशियार छोराहरु राज किशोर प्रसाद उपााध्याय, गौत्म प्रसाद उपाध्याय, पशुपती प्रसाद उपायध्याय र मुरारी प्रसाद उपााध्यायविरुद्ध सो रकम असुलउपर गर्ने प्रयोजनका लागि प्रतिवादी कायम गरिएको आयोगका सहायक प्रवक्ता थपलियाले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार